कुमरखोद, माघ ३०। झापा गाउँपालिकामा फागुन ११ गतेदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ ।

दिपज्योती युवा क्लवले हिजो पत्रकार सम्मेलन गरी फुटवल प्रतियोगिताबारे जानकारी गराएको होे । दिपज्योती युवा क्लब झापा गाउँपालिका–७ मदरगाछीको आयोजनामा जनकल्याण माध्यमिक विद्यालय मदरगाछीको खेल मैदानमा यहि फागुन ११ देखि १८ गतेसम्म प्रतियोगिता संचालन हुने क्लबका अध्यक्ष डिल्लीराम चुडालले जानकारी दिएका छन् ।
अध्यक्ष चुडालले प्रतियोगिताका लागि झापा गाउँपालिकाको आर्थिक सहयोग ३ लाख ५० हजार रहने जानकारी दिए । प्रतियोगितामा जम्मा ८ वटा टिमले भाग लिनेछन् । त्यसमध्ये १ नं प्रदेशका ७ वटा टिम र एक टिम आयोजक रहनेछ ।
प्रतियोगितामा विजेता टिमलाई १ लाख १ हजार १११ र उपविजेता हुने टिमलाई ५१ हजार १११ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक नेत्रप्रसाद सिटौलाले जानकारी दिए। प्रतियोगितामा बेस्ट डिफेन्स,बेस्ट किपर,बेस्ट प्लेयर,उदीयमान खेलाडी र हाई स्कोररले समेत नगदसहित मेडल पाउने भएका छन। प्रतियोगितामा आयोजक टिम,श्रीनाथ गण चारआली,जलथल एफसी,दमक एकाडेमी,रेडस्टार बिर्तामोड,सशस्त्र प्रहरी बल सुनसरी,झापा एफ सी राजगढ र ब्रदर्स युनाइटेड चन्द्रगढी गरी जम्मा ८ टिमको सहभागिता रहने क्लबका सचिव वासुदेब दाहालले जानकारी दिए ।
झापा गाउँपालिका–७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेतीले प्रतियोगिता सम्पन्न गर्न आफूले सक्दो मद्धत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्