झापा, माघ ३० । झापाको कन्काई नगरपालिका ६ स्थित चम्पापुर माध्यमिक विद्यालयका शिक्षक रविन मगर पक्राउ परेका छन् ।

सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत १० वर्षीय विद्यार्थीको कुटपिटबाट मृत्यु भएपछि मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विद्यालयको कार्यालय सहायक पदमा कार्यरत २७ वर्षिय मगरले कक्षा ४ मा पठनपाठन गराउने क्रममा सोधेको कुरा नजानेको भन्दै गत माघ १८ गते अमिलाल राजवंशीका छोरा १० वर्षीय छोरा कृष्णप्रसाद राजवंशीलाई कुटपिट गरेका थिए । शिक्षकको कुटाईबाट विद्यार्थीको कान सुन्निएको र उपचारका लागि तत्काल स्थानीय मेडिकल पु¥याइएको थियो ।

बालकलाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल पु¥याइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि बिराटनगरस्थित नोवल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । निवेदन परेपछि शिक्षक मगरलाई थप सोधपुछ तथा अनुसंन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याई राखिएको र लाशलाई कोशी अस्पताल बिराटनगरमा पोष्टमार्टम गरी मृतकका बुवाले बुझी लिएर गएको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्