दमक, माघ ३० । नेपाल प्रेस युनियनले यस वर्ष पनि पारिवारिक वनभोजको कार्यक्रमलाई निरन्तरता दिएको छ ।

युनियनको माईपश्चिम क्षेत्रीय समिति दमकले दमककै उत्तरी क्षेत्र इलामको चुलाचुलीस्थित पर्यटकीयस्थल चपेटीमा शुक्रवार अघिल्ला वर्षझैं यस वर्ष पनि जिल्लास्तरीय वनभोज कार्यक्रमलाई निरन्तरता दिएको युनियनका क्षेत्रीय अध्यक्ष विष्णु सुब्बाले बताएका छन् । युनियनले विभिन्न व्यक्ति,संघसंस्थाहरुको समन्वयमा तीन वर्षदेखि यसरी नै पारिवारिक वनभोज कार्यक्रम गर्दै आएको छ ।
युनियनका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष गोविन्दचन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको वनभोजसहित भेटघाट कार्यक्रममा जिल्लाका पत्रकारजन्य संघसंगठनका नेतृत्वहरुले पत्रकारहरुको व्यावसायिक मुद्धासंगै देशको स्वाधिनताका पक्षमा एकजुट भएर अघि बढ्नु पर्ने खाँचो औल्याएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अग्रज पत्रकार क्षेत्रीले लोकतन्त्रको रक्षाका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताए । त्यस्तै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष तारामणि सापकोटा, महासंघका पूर्व जिल्ला अध्यक्ष कृष्ण हुमागाई, युनियनका जिल्ला अध्यक्ष इन्दु पुर्वेली, महासंघका जिल्ला उपाध्यक्ष एकराज गिरी,फोनिजका प्रदेश इन्चार्ज दिपीन राई, प्रेस संगठनका जिल्ला अध्यक्ष मुक्ति पौडेल, प्रेस संगठन जिल्ला संयोजक टिकाराम उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बनभोज कार्यक्रम संयोजक नगेन्द्रमणी न्यौपानेले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साह, गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा,दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ,गौरादह उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जीवन राई, नेपाली कांग्रेस दमकका सचिव प्रकाश प्रसाई, लोकतन्त्रवादी व्यवसायी संघ दमकका अध्यक्ष बबरजंग थापा, चलचित्रकर्मी चैतन्य वराल, सप्तरंगी एफएमका सञ्चालक राजकुमार भट्टराईसहित जिल्लाका पत्रकारहरुको उपस्थिति रहेको थियो ।
विरामीलाई सहयोग
युनियनको सक्रियतामा कमल गाउँपालिका ६ का जिव्रो क्यान्सर रोगी राधादेवी साहलाई नगद ६ हजार ५ सय रुपैयाँ उपलव्ध गराइएको छ । युनियन सदस्य तथा सहभागीवाट संकलित रु ६ हजार ५ सय सहयोग पीडित परिवारलाई हस्तान्तरण गरिएको जिल्ला उपाध्यक्ष गिरीराज भट्टराईले बताए ।
युनियनले आफ्ना सदस्य तथा सहभागीबाट स्वेच्छिक रुपमा रकम संकलन गरी पीडितका परिवारलाई प्रदान गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्