बिर्तामोड , फागुन १ । झापा जिल्ला सहकारी संघका नवनिर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

गत माघ १७ गते भएको संघको छैठौं अधिवेशनबाट गणेश ढकाल पुनः अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा महेन्द्रकुमार गिरी पनि दोहोरिएका छन् ।त्यस्तै उपाध्यक्षमा पे्रमकुमार कोइराला , महिला उपाध्यक्षमा चम्पादेवी खनाल सुवेदी , सचिव भवानीप्रसाद दंगाल, सहसचिव कृष्णप्रसाद मिश्र र कोषाध्यक्षमा अर्जुन दंगाल निर्वाचित भएका थिए । त्यस्तै खुल्ला सदस्यतर्फ नारायणप्रसाद गौतम , ढुण्डीराज गुरागाई , कृष्णप्रसाद पौडेल , महिला सदस्यमा चन्द्रकला अधिकारी , चन्द्रकला भण्डारी ,विन्दाकुमारी थापा र पुष्पा उप्रेती निर्वाचित भएका थिए । त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा चुडामणि ओझा र सदस्यमा प्रेमसागर सापकोटा चयन भएका थिए । त्यस्तै क्षेत्रीय सदस्यमा क्षेत्र नं १ बाट देवीमाया अधिकारी , २ बाट केशव बस्नेत , ३ बाट नवराज भट्टराई , ४ बाट तिलकप्रसाद राजवंशी र ५ बाट नारायणप्रसाद भट्टराई चुनिएका थिए । कोषाध्यक्षबाहेक सबै पदमा निर्विरोध भएको थियो । निर्वाचन समितिका संयोजक देवेन्द्र भण्डारीले नवनिर्वाचित समितिका पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले कार्यक्रमको उद्घाटन गरेका थिए । जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना , नेपाल कृषि सहकारी केन्द्रीय संघकी उपाध्यक्ष मिनाकुमारी ढकाल , प्रदेश सहकारी संघ प्रदेश नं १ का अध्यक्ष डिल्ली पोखरेल , बचत तथा ऋण सहकारी केन्द्रीय संघका सदस्य तथा जिल्ला अध्यक्ष घनश्याम अधिकारी , जिल्ला सहकारी संघका संचालक समितिका निवर्तमान सदस्य दुर्गा सापकोटालगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । संघकी उपाध्यक्ष गीता कुँवरले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही , प्रहरी उपरीक्षक सानुराम भट्टराईलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको संचालन निवर्तमान सचिव युवराज ढकाल र नवनिर्वाचित सचिव भवानीप्रसाद दंगालले गरेका थिए । दंगालले आगामी चार वर्षको लागि जिल्ला सहकारी संघको कार्ययोजना प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्