बिर्तामोड, फागुन १ । वीरता लेडी जेसीजको आयोजनामा शनिवार भएको रक्तदानमा ७५ पिन्ट रगत संकलन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा २८ महिलासहित ७५ जनाले रक्तदान गरेको कार्यकारीणी उपाध्यक्ष संगीता गिरीले जानकारी दिइन् ।
रक्तदानमा जेसीज सदस्य , प्रहरीलगायतले सहभागिता जनाएका थिए । झापामा हुने कार्यक्रममध्ये वीरता लेडी जेसीजको आयोजनामा भएको रक्तदान कार्यक्रममा रक्तदान गर्ने महिलाको संख्या वढी भएको नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका उपसचिव ओमप्रकाश लुईंटेलले जानकारी दिए ।
वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा झापा जिल्ला सभापति लोकराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा कार्यकारीणी उपाध्यक्ष युनिता दवाडीले स्वागत गरेकी थिइन् ।
कार्यक्रम संयोजक मञ्जु ओली न्यौपानेले आस्था वाचन गरेको कार्यक्रममा स्वास्थ्य संयोजक रेनुका महतोले जेसीआई मिसन भिजन वाचन गरेकी थिइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी , भद्रपुर जेसीजका पूर्व अध्यक्ष रमेश पोखरेल, बिएण्डसी टिचिङ्ग हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरी, वीरता लेडी जेसीजकी पूर्वअध्यक्ष कञ्चना ढकाल सिटौला , इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सन्तोष आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
रक्तदातालाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव हिमा पौडेलले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्