बिर्तामोड , फागुन २ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को वित्तीय साक्षरता उपसिमितिले आयोजना गरेको कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता शनिश्चरेमा सम्पन्न भएको छ ।

लगातार दोस्रोपटक उपाधि जित्दै संस्थाको शिवसताक्षी क्षेत्रले नगद १० हजारसहित प्रमाणपत्र हात पा¥यो । दोस्रो हुने प्रधान कार्यालय कर्पोरेट र तेस्रो हुने कनकाई क्षेत्रले क्रमशः ८ हजार , ६ हजार नगदसहित प्रमाणपत्र हात पारे ।

शनिश्चरेमा रहेको संस्थाको आफ्नै भवनमा भएको प्रतियोगितामा ६ वटा क्षेत्रीय कार्यालय र प्रधान कार्यालय कर्पोरेट गरी ७ वटा टिमको सहभागिता रहेको थियो । संस्थाको सञ्चालक समितिका अध्यक्ष रामचन्द्र उप्रेती, उपाध्यक्ष भगवती घिमिरे, संस्थाको प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती, बैंकिङ व्यवसाय उपसमिति सदस्य सूर्यप्रसाद मैनाली, महिला सशक्तिकरण उपसमिति सदस्य मुना कुइकेललगायतको विशेष उपस्थिति रहेको थियो ।

वित्तीय साक्षरता उपसमिति संयोजक गोपालप्रसाद प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपसमिति सदस्य मैया प्रधानले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् । त्यस्तै उपसमिति सदस्य दिपक दाहाल र कमलप्रसाद पाठकले प्रतियोगीलाई प्रश्न सोधेका थिए भने कार्यक्रमको सञ्चालन एनएमसी अजुर्नधारा क्षेत्रीय कार्यालयका कार्यालय प्रमुख वासुदेव खतिवडाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्