मेचीनगर , फागुन २ । महिला हिंसाविरुद्ध झापाको मेचीनगरमा प्रदर्शन गरिएको छ ।

नेपाल विद्यार्थी संघ त्रिदेव बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा महिला हिंसाको विरोधमा सरकारविरुद्ध प्रदर्शन गरिएको हो ।

शान्तिपूर्ण प्रदर्शनमा विद्यार्थीले ‘संविधानमा टाँसी दे, बलात्कारीलाई फाँसी दे, नारी सामान होइन सान हो, महिला हिंसा बन्द गर, भागरथी र निर्मलालाई न्याय दे, केपी ओलीको चमत्कार, महिला हिंसा बलात्कारलगायतका नारा लगाएका थिए । त्रिदेव क्याम्पसबाट सुरु भएको ¥याली मेची राजमार्ग हुँदै चारआली पुगेर कोणसभामा परिणत भएको थियो । नेविसंघ त्रिदेव एकाइ उपसभापति अर्जुन गौतमको संयोजकत्वमा भएको कार्यक्रममा नेविसंघका झापा जिल्ला प्रवक्ता सञ्जय निरौला, नेविसंघ जिल्ला सदस्य नविन खतिवडा, नेविसंघ मेचीनगर सचिव रुपक पराजुली र नेविसंघ त्रिदेव एकाइ सभापति आइतहांग लिम्बूले कोणसभालाई सम्बोधन गरेका थिए । उनीहरूले दिनहुँ महिला एवं बालिकाहरू असुरक्षित रहँदा पनि सरकारले उनीहरूलाई न्याय दिन नसकेको भन्दै आक्रोश पोखेका थिए । कोणसभाको सञ्चालन नेविसंघ त्रिदेव एकाइ सचिव तुलसी बस्नेत(सौरभ)ले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्