झापा , फागुन २ । प्रहरीमाथि अभद्र व्यवहार गरी हातपात गर्ने सिके राउतको जनमत पार्टी नेपालका चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा जनमत पार्टी नेपालकी केन्द्रीय सदस्य ५० वर्षिया कौशिला महतो , २७ वर्षिय जितेन्द्र महतो र ६७ वर्षिय दशरथ मुखिया रहेका छन् । लागु औषधको कारोवारीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि उनीहरुले अभद्र व्यवहार गरी हातपात गरेका थिए । शनिबार साँझ ५ बजे गौरीगञ्ज ३ स्थित हुक्कागाछी भन्ने स्थानमा लागु औषधको कारोवार भइरहेको भन्ने सूचना पाएर गएको सादा पोशाकको प्रहरी टोलीले गौरीगञ्ज २ कोरोबारी बस्ने २४ वर्षिय श्यामु राजवंशीलाई गाँजासहित पक्राउ गर्दा ती व्यक्तिहरुले अभद्र व्यवहार गरी हातपात गरेका थिए । चारैजना प्रतिवादीहरुलाई अभद्र व्यवहार मुद्धामा ७ दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्