झापा , फागुन २ । लागु औषधसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा अर्जुनधारा ११ बस्ने ४५ वर्षिय रबिन तामाङ , भद्रपुर नगरपालिका ७ घर भई हाल दमक नगरपालिका वडा नं.५ गोर्खाली टोल बस्ने ३८ वर्षिय हिलिहाङ तुम्बाम्फो र अर्जुनधारा नगरपालिका ११ बस्ने २८ वर्षिय दिलकुमार राई रहेका छन् ।
अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले तामाङको कोठाबाट तुम्बाम्फो र राईलाई ४८० मिलिग्राम ब्राउनसुगर, ट्रमाडोल ५९ वटा ट्याब्लेट र गाँजा २०० ग्रामसहित पक्राउ गरेको हो । तीनैजनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको र झापा जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्