बिर्तामोड , फागुन २ । झापाको कनकाई नगरपालिका ७ स्थित बिरिङ नदीको लुकुनी खाडीमा दुई युवाको बलात्कारबाट एक युवक सख्त घाइते भएका छन ।

शनिबार बेलुकी ७ बजेको समयमा कनकाई नगरपालिका ६ का १९ बर्षिय पारस तामाङ र कनकाई ७ का २१ बर्षिय विनोद टुडुले कनकाई ७ का ३० बर्षिय एक युवकलाई खोला किनारामा अप्राकृतिक यौन कृयाकलाप गरी सख्त घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते युवकको हाल बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भैइरहेको छ । अप्राकृतिक यौन क्रियाकलापमा संग्लन दुबैलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए । उनले घटनामा संलग्न भनिएका दुवैलाई पक्राउ गरेपनि घाइतेका तर्फबाट उजुरी नपरेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्