हल्दीबारी, फागुन ३ । वैदेशिक रोजगारीको लागि युरोपको माल्टामा रहेका नेपालीहरुले हल्दीवारी–३ की मिर्गौलारोगी मन्जु ठकुरीलाई ९० हजार रुपैयाँ सहयोग गरेका छन् ।

अन्तर्राष्ट्रिय झापाली समाजको सदस्य राष्ट्र झापाली समाज माल्टा र माल्टामा कार्यरत नेपालीहरुले सामाजिक उत्तरदायित्व बहन गरेर झापाली समाज माल्टाको नेतृत्वमा उक्त सहयोग हस्तान्तरण गरिएको समाजका संयोजक शर्मिला बस्नेतले जानकारी दिएकी छन् ।
मिर्गाैलारोगी ठकुरीको उपचारका लागि सहयोग गर्न वडाध्यक्ष रोशन शिवाकोटीले पत्राचार गरेपछि माल्टामा कार्यरत ३५ जना दाताहरूबाट ९० हजार नेपाली रुपैयाँ संकलन गरिएको संयोजक बस्नेतले बताइन् ।


आइतबार झापाली समाज माल्टाका प्रतिनिधि एकराज राउत र एलआर पौडेलले पीडित बिरामीको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका छन् ।
सहयोग रकम बुझ्दै पीडित ठकुरीले झापाली समाज माल्टा र सहयोगी दाता सबैलाई धन्यवाद व्यक्त गरेकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्