बिर्तामोड, ३ फागुन । पछिल्लो समय झापा चलचित्र छायांकनको हटस्पट बन्दै गएको छ ।

एक महिनाको अन्तरमा ठूलो पर्दाको दुईवटा चलचित्रहरुको छायांकन सम्पन्न भईसकेको छ । त्यस्तै सोमबारबाट झापाको अर्जुनधारा वडा नं ६मा ‘जो हाँस्छ ऊ धेरै बाँच्छ’ नामक हास्य टेली सिरियलको छायांकन शुरु भएको हो ।

द मानस क्रिएसन प्रा.लि.को ब्यानरमा सो टेली सिरियल छायांकनको शुभ मुहुर्त गरिएको छ । हरेक महिनाको शनिबार सो टेली सिरियल प्रसारण हुने छ । टेली श्रृङखलाको प्रस्तुतकर्ता केशव वैरागी माइलो रहेका छन् । त्यसैगरी टेली श्रृङखलाको निर्देशन हिमाली लिङ्देनले गरेकी छिन । टेली श्रृङखलामा संगीत विकास चौधरी,कथा तथा पटकथा बिरु गुरुङ,सम्पादन तिलक रिजाल, गीत केशव वैरागी माईलो,निर्माता धर्मेन्द्र तिम्सिना र छायांकन विक्रम डिसीले गरेका छन् ।

टेली चलचित्रमा विक्रम धिमाल,कृष्ण तामाङ,मौसम भट्टराई,निसा आचार्य,रेनु भट्टराई,दिप्सन पौड्याल,महाप्रसाद कोईराला,गजेन्द्र तामाङ आदि कलाकारहरु रहेका छन । हास्यप्रधान टेली चलचित्रमा नेपाली समाजमा घटेका घट्नाहरुलाई हास्य व्यङग्यमार्फत प्रस्तुत गरिने जनाइएको छ । टेली चलचित्रमा अन्य राष्ट्रिय रुपमा ख्याती कमाएका कलाकारहरुको समेत प्रस्तुती रहने कलाकार भुपेन्द्र लिङ्देन मन्त्रीले बताए । चलचित्रको शुभ मुहुर्त अर्जुनधारा नगरपालिकाका खलकुद बिकास समिति संयोजक अर्जुन मेचेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्