भद्रपुर, फागुन ४ । झापाको भद्रपुरमा श्रीमानको ढुङ्गा प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।

भद्रपुर— ७ बुधकरण चिया बगानको १० नम्बर क्वाटरमा बस्ने ५८ वर्षीय साहेबा उराउले ६० वर्षीया श्रीमती फिल्सिता उराउलाई हिजो दिउँसो साढे ३ बजेतिर ढुङ्गा प्रहार गरेका थिए । सोही बगानमा कार्यरत मजदुर साहेबाले सामान्य बिषयमा विवाद हुँदा श्रीमतीलाई कुटपिट गरी टाउकोमा ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारबाट गम्भीर घाइते फिल्सिताको आज बिहान २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा स्थानीयले आज विहान करिव साढे ८बजेतिर टेलिफोनमार्फत प्रहरीलाई खवर गरेका थिए । घटनाका बारेमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर साहेबालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्