दमक, फागुन ४ । दमक ६ मा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले आजदेखि जिल्लाको बुद्धशान्तिमा सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ ।

चौथो सेवाकेन्द्रमा रुपमा संस्थाले आजदेखि बुद्धशान्ति ६ स्थित बुधबारेमा सो सेवाकेन्द्र सञ्चालनमा ल्याएको अध्यक्ष दिपक खरेलले बताए । सेवाकेन्द्रको अध्यक्ष खरेलले उद्घाटन गरे ।
सेवाकेन्द्रको उद्घाटन गर्दे अध्यक्ष खरेलले बुद्धशान्ति क्षेत्रका आफ्ना शेयर सदस्यहरुको सुविधाका लागि सहकारीले सेवा केन्द्र विस्तार गरी कारोवार सञ्चालनमा ल्याएको बताए । संस्थाको नीतिअनुसार सदस्य बढी रहेका क्षेत्रमा यसरी नै सेवाकेन्द्र आवश्यकता अनुसार विस्तार गरिदै लैजाने उनले प्रतिवद्धता जनाए ।
२०६८ साल बैशाख ८ गते स्थापना भएको सहकारीले यसअघि २०७३ सालमा पहिलोपटक कमल गाउँपालिकाको केर्खा वजारमा,२०७४ मा सुरुङ्गा,२०७६ मा बिर्तामोडमा सेवाकेन्द्र विस्तार गरेको थियो । सेवाकेन्द्र उद्घाटन कार्यक्रममा संस्थाका उपाध्यक्ष रोशनकुमार गौतम, सचिव ज्ञाननाथ पौडेल (ज्ञानु ) ,सदस्य गोपाल श्रेष्ठ ,व्यवस्थापक नवराज बाँस्तोलालगायत सञ्चालक सदस्य, कर्मचारी,स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सात हजार १ सय १० जना शेयर सदस्य रहेको सो सहकारीको हालसम्म ८ करोड ५५ लाख रुपैयाँ शेयर पूँंजी, ५५ करोड ५० लाख निक्षेप र करिव ६० करोड रुपैयाँ ऋण लगानी रहेको व्यवस्थापक बाँस्तोलाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्