दमक , फागुन ४ । प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध लिम्बुवान पनि आन्दोलित भएको छ ।

वर्तमान सरकारको असंवैधानिक एवं अलोकतान्त्रिक कदमको विरोध गर्दै विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको मागसहित संघीय लिम्बुवान मञ्च मातहतको लिम्बुवान भोलेन्टियर्सले बुधबार गौरादहमा बृहत जनप्रदर्शन गर्ने भएको छ । प्रदर्शनलाई केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रदेश नं. १ को नामकरण लिम्बुवान, खम्बुवान–किरात घोषणा गर्नुपर्ने ,शक्तिशाली सर्वजातीय सभा गठन गर्नुपर्ने , गौरादह र दमक नगरपालिका जोडिएको हजारौ विगाह जमिनमा बन्न लागेको क्लिनपार्क पीडितहरुले न्यायोजित मुआब्जा प्राप्त नगरेकाले पीडितहरुको गुनासोलाई सम्बोधन गर्न वैज्ञानिक ढंगले मुआब्जा वितरण गर्नुपर्नेलगायतका माग समेत अघि सारिएको पार्टीका संचार प्रमुख दिलकुमार लाओतीले बताए