बिर्तामोड, फागुन ४ । बिर्तामोड ९ स्थित देवकोटा आधारभूत विद्यालयमा सरस्वतीको मन्दिर शिलान्यास गरिएको छ ।

सरस्वती पुजाको अवसर पारेर मंगलबार एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका प्रमुख ध्र्रुवकुमार शिवाकोटी र उपप्रमुख पवित्रा महतरा प्रसाईले संयुक्तरूपमा मन्दिर शिलान्यास गरेका हुन् । त्यस विद्यालयमा स्थानीय युवाहरूको अगुवाइमा मन्दिर स्थापना र भौतिक संरचना व्यवस्थापन गरिने भएको छ । विद्यालयमा फुलबारी व्यवस्थापन ,कक्षाकोठा र खेलमैदानलाई व्यवस्थित गर्ने लक्ष्य लिईएको निर्माण समितिका अध्यक्ष सरोज पौडेलले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष पवित्रा पाठक उपप्रमुख प्रसाई ,नगर प्रमुख शिवाकोटीले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नगर प्रमुख शिवाकोटीले विद्यालयले आवश्यकताअनुसार माग गरेमा सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुकुन्द रेग्मीले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्