शिवसताक्षी , फागुन ४ । पत्रकार छविलाल दवाडीलाई पत्नीशोक परेको छ ।

नेपाल पत्रकार महासंघ १ नं. प्रदेशका पार्षद् ,सताक्षी प्रेस क्लब शिवसताक्षीका पूर्व अध्यक्ष, सतासी साप्ताहिक खबर पत्रिकाका सहसम्पादक दवाडीकी श्रीमती अनिताको ५९ वर्षको उमेरमा मंगलबार दिउँसो ३.२५ बजे अचानक निधन भएको हो । शिवसताक्षी–११ दूधेस्थित घरमा बसिरहेको बेला अचानक लडेको र उपचारका लागि बिर्तामोडको बिर्ता सिटी हस्पिटल लैजादै गर्दा बाटैमा निधन पारिवारिक स्रोतले जनाएको छ । दवाडीका छोरा–बुहारी राम–शोभा रहेका छन् । २०२१ साल माघ २३ गते दक्षिण सिक्किम भारतमा जन्मिएकी अनिताको विस २०३१ फागुन २५ गते पत्रकार छविलालसँग विवाह भएको थियो ।
उनी ‘लो ब्लड प्रेसर’बाट पीडित थिइन् । स्वर्गीय दवाडीको बुधबार बिहान १० बजे कनकाई माई पश्चिम तटीय घाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतलाई उद्धृत गरी प्रतिदिनकर्मी शान्तिराम बस्नेतले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्