कुमरखोद , फागुन ४ । आज साँझ झापा गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।

साँझ ६.५० बजेतिर झापा गाउँपालिका ७ स्थित सानो माई खोलाको पुलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१३ प ९०० नं को मोटरसाइकल आफै अनियन्त्रित भइ पल्टिदा झापा गाउँपालिका ६ शरणामति बस्ने २२ वर्षिय सनम तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी शरणामति र जिल्ला प्रहरी कार्यालयबाट टोली खटिगई अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्