झापा , फागुन ५ । जबरजस्ती करणी मुद्धाका एक फरार प्रतिबादी पक्राउ परी जेल चलान भएका छन् ।

जेल चलान हुनेमा साविक इलाम बरबोटे घर भई हाल बिर्तामोड २ बस्ने ४५ वर्षिय गंगाप्रसाद ढकाल रहेका छन् । उनलाई झापा जिल्ला अदालतको २०७६ मंसिर २४ गतेको फैसला अनुसार जबरजस्ती करणी उद्योग मुद्दामा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना सुनाइएको थियो । हालसम्म फरार रहेका उनलार्ई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको थियो । उनलाई कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्