भद्रपुर, फागुन ५ । नेपाल पूर्व प्रहरी संगठन भद्रपुर नगर समितिको सम्पन्न विस्तारित बैठकले समितिका बरिष्ठ उपाध्यक्ष ढाकालाल अधिकारीलाई कार्यवाहक अध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

समितिको कार्यालय चन्द्रगढीमा बुधवार सम्पन्न बैठकमा वर्तमान अध्यक्ष सरोजकुमार कार्कीको निधन भएपश्चात् नगर समितिको दैनिक कामकारवाहीलाई निरन्तरता दिन बरिष्ठ उपाध्यक्ष अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने सर्वसम्मत निर्णय भएको हो ।

संगठनका प्रमुख सल्लाकार धनप्रसाद शिवाकोटी तथा सल्लाहकारद्वय तेजबहादुर तामाङ र प्रेमबहादुर तामाङ, नगर आर्थिक समितिका संयोजक रुद्र चुडाललगायत सहभागी रहेकोे कार्यक्रममा कार्कीको निधनप्रति गहिरो शोक प्रस्ताव पािरत गर्दै अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मा दिने सर्वसम्मत निर्णय गरिएको जनाइएकोे छ ।
बैठकको संचालन सचिव केदार अधिकारीले गरेका थिए । भद्रपुर १० निवासी नेपाल पूर्व प्रहरी संगठन झापाका पूर्व सचिव तथा सेवानिबृत्त राष्ट्रसेवक समाज भद्रपुरका वर्तमान सचिवसमेत रहेका कार्कीको फागुन ३ गते हृदयघातका कारण निधन भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्