दमक , फागुन ६ । झापाको दमकलाई मुख्य कार्यथलो बनाएर बिगत दुई दशक अघिदेखि कार्य गर्दै आएका पत्रकार विष्णुप्रसाद पोखरेल दमक नगर विकास पत्रकारिता पुरस्कारसहित सम्मानित भएका छन् ।

रु २१ हजार राशिको पुरस्कारसहित पोखरेललाई आठौ नगरसभाको अवसर पारेर बिहिबार सम्मान गरिएको हो । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल, प्रदेश सभा सदस्य अर्जुन राईको उपस्थितिमा भएको नगर सभामा दमक नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारीले पुरस्कारसहित नगरपालिकाको तर्फबाट सम्मान गरेका थिए ।
नगरपालिकाले नगरमा बिभिन्न माध्यमबाट उत्कृष्ठ योगदान गर्नेहरुलाई सम्मान गर्ने परम्पराअनुसार यस पटक सञ्चार क्षेत्रबाट पोखरेललाई सम्मान गरिएको सो अवसरमा दमक नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाले बताए ।
पोखरेलसंगै उत्कृष्ट करदाता, स्वास्थ्य स्वंयसेविकालगायत पाँच जनालाई नगरपालिकाले सम्मान गरेको छ । नगर सभामा सम्मानित हुनेहरुमा उत्कृष्ट करदाताहरु पर्शुराम गिरी, मञ्जु श्रेष्ठ, उत्कृष्ट निर्माण व्यवसायी प्रकाश केसी, स्वास्थ्य स्वयंसेविका हेलेना टोपो रहेका छन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्