बिर्तामोड , फागुन ६ । गरिमा विकास बैंक , नेपाल घरेलु तथा साना उद्योग संघ र उद्यमीबीच अन्तरक्रिया गरिएको छ ।

गरिमा विकास बैंकले प्रवाह गर्ने गरेको सेवा सुविधाका बारेमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा उद्योगीहरुले बैंकको लगानी ,कर्जाको व्याज दर , विनाधितोको लगानीलगायतका विषयमा जिज्ञाशा राखेका थिए । दीनानाथ शिवाकोटी , इन्दिरा भट्टराई , डिल्लीराम बाँस्तोला , मनोजप्रसाद गिरी , आशाकुमारी लिम्बू , जानुका थापा , खगेन्द्रप्रसाद प्रसाई , पदम भण्डारीलगायतले विभिन्न जिज्ञाशा राखेका थिए । ती जिज्ञाशाको बैंक संचालकहरुले जवाफ दिएका थिए ।

नेपाल घरेलु तथा साना उद्योग संघका अध्यक्ष जीवननाथ काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंह रहेका थिए । त्यस्तै विशिष्ट अतिथिमा गरिमा विकास बैंकका प्रमुख गोविन्दप्रसाद ढकाल रहेका थिए । कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै बैंकका संजीवप्रसाद जैसवालले २०६४ सालमा तीन जिल्लाबाट स्थापना भएको ‘ख’ वर्गको गरिमा विकास बैंकले ५७ अर्ब निक्षेप र ४८ अर्ब कर्जा लगानी गरेको जानकारी दिए । सो बैंकको झापामा ४ र १ नं प्रदेशमा ११ वटा बैकिङ कार्यालय रहेको उनले बताए । गरिमा विकास बैंकका क्लस्टर प्रमुख मीनप्रसाद सुवेदीले स्वागत गरेको कार्यक्रमको संचालन भैरव रिजालले गरेका थिए । कार्यक्रममा १५० भन्दा बढी साना उद्यमीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्