दुई फरार प्रतिवादी पक्राउ

झापा , फागुन ६ । जबरजस्ती करणी र वन पैदावर हानी नोक्सानी तथा ओसारपसार मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मेचीनगर १० का २८ वर्षिय सागर विक र कनकाई २ बस्ने ३० वर्षिय सन्तोष राई भनिने अशोक राई रहेका छन् । झापा जिल्ला अदालतको २०७३ मंसिर २६गतेको फैसलाले“ जबरजस्ती करणी मुद्दामा विकलाई १० वर्ष कैद सजाय सुनाएको थियो । हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।

त्यस्तै ईलाम जिल्ला अदालतको २०७४ बैशाख २१गतेको फैसलाले“ वन पैदावर हानी नोक्सानी तथा ओसारपसार मुद्दामा राईलाई १५ दिन कैद र ३४ हजार रुपैयाँ जरिवाना तोकेको थियो । हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो । दुवैलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्