बिर्तामोड , फागुन ७ । निजीस्तरको सफल जीवन विमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बिर्तामोड शाखाले तीनजनालाई सम्मान गरेको छ ।

कम्पनीको बिर्तामोड शाखाले स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसर पारेर बिर्तामोडस्थित कार्यालयमै बिहीबार एक संक्षिप्त कार्यक्रम आयोजना गरी साझामञ्च अनलाइनका सम्पादक गोपाल काफ्ले ,युवा व्यवसायी दिपेन्द्र राउत र चूडामणि पौडेललाई सम्मान गरेको हो ।
बिर्तामोड निवासी राउत शिखर साकोसका सञ्चालक समिति अध्यक्षलगायत विभिन्न व्यवसायमा संलग्न छन् भने अर्जुनधारा निवासी पौडेल अटोमोवाइल्स व्यवसायमा आबद्ध छन् ।
कम्पनीका एरिया ब्राञ्च म्यानेजर उत्तम कोइराला, एजेन्सी म्यानेजर इश्वरीप्रसाद बराल, एजेन्सी म्यानेजर तोयानाथ दाहाललगायतले उनीहरुलाई दोसल्ला र ढाका टोपी पहिर्याई सम्मानपत्र प्रदान गरेका थिए । सो अवसरमा सम्मानित व्यक्तित्वहरुले सर्वसाधारणको जीवन निर्वाह र विपद्मा जीवन विमाले उल्लेख्य सहयोग पुर्याइरहेको उल्लेख गर्दै सिटिजनले छोटो समयमै वीमितहरुको विश्वास जितेको उल्लेख गरे ।
कम्पनीकी व्यवसाय विकास संयोजक जमुना कटुवालले सञ्चालन गरेको कार्यक्रमका बीच सहभागीहरुलाई केक काटेर खुवाई वार्षिकोत्सव मनाइयो ।
साविक मेची अञ्चलका पाँचथर, इलाम, झापा कार्यक्षेत्र रहेको बिर्तामोड शाखाले तीन वर्षको छोटो अवधिमै २१ सयबढी ग्राहक (वीमित) बनाइसकेको एरिया म्यानेजर कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्