भद्रपुर , फागुन ७ । लागूऔषध मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

झापा जिल्ला अदालतको २०७० पुष ३० गतेको फैसलाले लागू औषध मुद्दामा कनकाई ३ बस्ने ५२ वर्षिय रणबहादुर अधिकारीलाई दुई वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । सजाय फैसला भई हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो । अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्