दमक, फागुन ८ । एड्भान्स अस्पताल दमकले मोरङको रतुवामाई नगरपालिकामा एकदिने निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न गरेको छ ।

रतुवामाई नगरपालिका वडा नम्बर ९ को भौडाहामा आयोजित स्वास्थ्य शिविरमा स्थानीय ३ सय जनालाई सेवा प्रदान गरिएको अस्पतालका सञ्चालक चैतन्य बरालले जानकारी दिए । शिविरमा अस्पतालका बाल रोग विशेषज्ञ डा. अनिल थापा, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. अनुपा पोखरेल, फिजिसियन तथा मुटुरोग बिशेषज्ञ डा. निमा शेर्पा, सर्जन डा. रविनरत्न रञ्जितकार, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. गरिमा भण्डारीलगायतका चिकित्सकले स्वास्थ्य जाँच गरेका थिए । सामुहिक हातहरुको समुह(साहास) को स्थानीय व्यवस्थापनमा भएको स्वास्थ्य शिविरमा भिडियो एक्सरे तथा सुगर जाँच समेत गरिएको थियो । त्यसैगरी औषधि समेत निशुल्क वितरण गरिएको साहासका सदस्य मिलन बरालले जानकारी दिए ।

सामुहिक हातहरुको समुहका अध्यक्ष धनप्रसाद दाहालको अध्यक्षतामा भएको स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा अस्पतालका सञ्चालन तथा दमक क्याम्पसका पूर्व प्रमुख उत्तमप्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । ग्रामीण क्षेत्रका नागरिकहरुको घरमै पुगेर विशेषज्ञ चिकित्सकको सेवा प्रदान गर्न स्वास्थ्य शिविरको आयोजना गरिएको अस्पतालका सञ्चालक भट्टराईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्