बिर्तामोड , फागुन ८ । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि जनसम्पर्क उपाध्यक्ष पदमा उम्मेद्वारी दिएकी नैनकला भट्टराई निर्विरोध भएकी छन् ।

उनीसँग प्रतिष्पर्धा गर्न संयुक्त व्यावसायिक प्यानलबाट जनसम्पर्क उपाध्यक्षमा मनोनयन दर्ता गराएकी उर्मिला विमली खरेलको उम्मेद्वारी खारेज भएपछि लोकतान्त्रिक व्यावसायिक प्यानलकी उम्मेदवार नैनकला निर्विरोध भएकी हुन् । यद्यपि निर्वाचन समितिले घोषणा गरिसकेको छैन । आइतबार बैठक बसेर निर्विरोध निर्वाचित भएको घोषणा गरिने निर्वाचन समितिका नारायण कोइरालाले बताए । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्दै निर्वाचन समितिले खरेलसहित चारजनाको उम्मेद्वारी खारेज गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्