बिर्तामोड , फागुन ९ । पूर्वाञ्चल कलाकार समाजको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष शिवशंकर थापाको अध्यक्षता तथा साहित्यकार देवीभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोषाध्यक्ष कृष्ण योन्जनले वार्षिक आयव्यय प्रस्तुत गरेका थिए ।
साधारणसभाले कृष्ण योन्जनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा भगवती ढुंगेल , सचिव कृष्ण पौडेल , सहसचिव दिनेशराज शर्मा , कोषाध्यक्ष मोनिका चुडाल रहेका छन् । त्यस्तै सदस्यहरुमा शशिता राई , पवित्रा ओली , युवराज पोर्तेल, हेमा भण्डारीलगायत रहेका छन् । पूर्वाञ्चलका सम्पूर्ण कलाकारहरुलाई एकतावद्ध गरी अक्षयकोष खडा गर्ने र दुखको घडीमा रहेका कलाकारहरुलाई सहयोग गर्ने समाजले योजना बनाएको नवनिर्वाचित अध्यक्ष योन्जनले बताए । उनले नेपाली संस्कृति जगेर्ना गर्ने उद्धेश्य राखेर सो संस्था स्थापना गरिएको जानकारी दिए । सचिव कृष्ण पौडेलले संचालन गरेको कार्यक्रममा करिव २५० जना सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्