सुरुङ्गा , फागुन १० । लागुऔषध दुव्र्यसन बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्नका लागि कनकाई नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण निजी विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम शुरु गरिएको छ ।

हिजो आइतबारदेखि शुरु गरिएको कार्यक्रम बुधबारसम्म संचालन हुनेछ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सो सचेतनामूलक कार्यक्रमको हिजो उद्घाटन गरिएको हो । कनकाई नगरपालिका ३ स्थित देवकोटा माविको सभाहलमा कारितास नेपाल र ईलाका प्रहरी कार्यालय सुरुङगाको आयोजना तथा कनकाई नगरपालिका र कनकाई नगर प्याब्सनको समन्वयमा भएको कार्यक्रममा कारितास जापानको आर्थिक सहयोग रहेको छ ।

कनकाई नगर प्याब्सनका अध्यक्ष बिनोद सुब्बाको सभापतित्व तथा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना,जिल्ला प्रहरी कार्यालय झापा प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्