दमक , फागुन ११ । श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने एक भुटानी शरणार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान ५ बजे दमक नगरपालिका वडा नं. ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर डि ४ छाप्रा नं.३९ बस्ने .५५ वर्षिय सरे राईले आफ्नै श्रीमती ४९ वर्षिया बिष्णुमाया तामाङ राईलाई मादक पदार्थ सेवन गरी कुटपिट गर्दा घट्नास्थलमै मृत्यु भएको थियो । कुटपिटपश्चात् फरार रहेका राईलाई प्रहरी चौकी बाघखोर र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक २ स्थित एक घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो । मृतक लाशको कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि दमक अस्पताल पठाइर्एको र हत्या गर्ने राईलाई ईलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्