झापा , फागुन १२ । जबरजस्ती करणी मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ परेका छन् ।

झापा जिल्ला अदालतको २०७५ पुष १६गतेको फैसला अनुसार जबरजस्ती करणी मुद्दामा एक¥एक वर्ष कैद तोकिएर हालसम्म फरार रहेका दमक ९ का २० वर्षिय संगम पाँचकोटी र सोही ठाउँका १९ वर्षिय ओम भनिने अमन धिमाललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । कैद भुक्तानको लागि दुवैलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्