काँकरभिट्टा , फागुन १२ । दुई वर्षअघि बेपत्ता भएका इलाम दानाबारी–५ का १८ वर्षीय किशोर हुकुम राईलाई सकुशल उद्धार गरी मंगलवार परिवारको जिम्मा लगाइएको छ ।

भारतको किसनगञ्जस्थित जिल्ला बाल संरक्षण इकाई र आफन्त नेपाल काँकरभिट्टाको सहकार्यमा उनलाई उद्धार गरी परिवारसमक्ष बुझाइएको हो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाको रोहबरमा हुकुमलाई बुवा जीतबहादुर राईको जिम्मा लगाइएको आफन्त नेपाल झापाका प्रमुख मात्रिका गुरुङले बताए ।
‘सुस्त मनस्थितिका १५ वर्षे बालक २०७५ वैशाख २ गतेदेखि बेपत्ता भएका रहेछन्’ उनले भने–‘खोजी गर्नेक्रममा भारतमा फेला परे र परिवारलाई खबर गरी पुनर्मिलन गराएका छौं ।’
मानव बेचबिखन तथा लैंगिक हिंसा विरुद्ध कार्यरत् आफन्त नेपाल नामक संस्थाले सीमा क्षेत्रमा कार्यालय स्थापना गरी समुदायस्तरमा सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्