बिर्तामोड , फागुन १२ । राजनीति एवं सामाजिक क्षेत्रमा क्रियाशील बिर्तामोड ३ निवासी रेनुका पाठकको आज दिउँसो निधन भएको छ ।

दिउँसो १.३० बजे ६३ वर्षको उमेरमा उनको निधन भएको हो । उनी मिर्गौलाको समस्याबाट ग्रसित थिइन् ।नेपाली कांगे्रसको क्षेत्रीय प्रतिनिधि रहेकी पाठक यसअघि नेपाल महिला संघकी जिल्ला सचिव रहेकी थिइन् । त्यस्तै उनी पंचकन्या महिला बहुउद्देश्यीय सहकारी संस्थाकी संस्थापक अध्यक्ष पनि हुन् । उनका श्रीमान , दुई छोरा , दुई बुहारी र एक छोरी रहेका छन् । उनको भोलि विहान १० बजे कन्काई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्