झापा, फागुन १३ । बिर्तामोड , फागुन १३ । बजाजको नयाँ मोडलको तीन पांग्रे अटो सार्वजनिक भएको छ । बिहिबार एक कार्यक्रमका बीच कम्पनीको आधिकारीक बिक्रेता बिर्तामोडस्थित भगवान चोकमा रहेको हलेसी टे«ड लिङ्कले तीन पांग्रे अटो आरई बिएस सिक्स मोडल सार्वजनिक गरेको हो ।

हलेसी टे«ड लिङ्कमा अटो खरिद गर्ने पहिलो ग्राहक राजकुमार राय र जेष्ठ चालक मोहनबहादुर कार्की, टे«ड लिङ्कका सञ्चालक दम्पतीद्वय चुडामणी र रचना पौडेलले संयुक्तरुपमा नयाँ मोडलको उक्त अटोको अनावरण गरेका थिए । नेपालका लागि बजाज अटो लिमिटेड, भारतको आधिकारिक वितरक गोल्छा गु्रपअन्तर्गतको हंशराज हुलासचन्द एन्ड कम्पनीले बजारमा ल्याएको उक्त अटोमा एफआई प्रविधि जडान गरिएको हलेसी टे«ड लिङ्कका सञ्चालक चुडामणी पौडेलले जानकारी दिए । साथै उनले उक्त अटोमा उच्चतम पावर, तानशक्ति बढी हुनुका साथै माइलेज वढी दिने पनि जानकारी दिए । सार्वजनिक भएको अटोको मूल्य ५ लाख ६४ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै सार्वजनिक भएको उक्त अटोमा नयाँ डयास् बोर्डमा एफएम तथा एमपी थ्री जडान गरिएको छ । ग्राहक चढ्न र ओर्लनका लागि पछाडिपट्टी ढोका समेत रहेको छ । साथै यस अटोको हाइट समेत अग्लो रहेको कम्पनीले जनाएको छ । यसअघिका अटोमा यस्ता सुविधा थिएन । तर यस अटोमा भने धेरै स्टाइलिस फिचरहरु रहेको कम्पनीले जनाएको छ ।
साथै कार्यक्रममा टे«ड लिङ्कका पहिलो ग्राहक राजकुमार राय र मोहनबहादुर कार्कीलाई सम्मान समेत गरिएको थियो । टे«ड लिङ्कका सञ्चालक दम्पत्ती चुडामणि र रचना पौडेलले खादा तथा ढाका टोपी पहिर्याएर उनीहरुलाई सम्मान गर्नुका साथै कदरपत्र समेत प्रदान गरेका थिए ।
हलेसी टे«ड लिङ्कका सञ्चालक पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन मेनेजर गणेश गौतमले गरेका थिए । साथै हलेशीले एक्स चेन्ज अफर समेत ल्याएको जनाएको छ । अब जुनसुकै कम्पनीका अटोको पनि उचित मुल्याङ्कन गरी हलेशी ट्रेड लिङ्कले एक्स चेन्ज अफर समेत राखेको जनाएको छ । त्यस्तै दमक ४ स्थित क्याम्पसमोडमा रहेको मेची अटो सप्लायर्सले पनि बजाज अटो कम्पनीको तीन पाङग्रे नयाँ अटो विहिबारदेखि बिक्री शुरु गरेको छ ।

बजाज कम्पनीको आधिकारिक विक्रेता रहेको सप्लायर्सले एक कार्यक्रम गरी नयाँ अटोको औपचारिक रुपमा विक्री शुरु गरिएको सञ्चालक बासु शिवाकोटीले जानकारी दिए ।
यसअघि पनि वजाज कम्पनीले अटो ल्याएको थियो । त्यसको पाँच वर्षपछि कम्पनीले अन्य अटोको तुलनामा फरक विशेषता समावेश गरी यस अटो वजारमा ल्याएको सञ्चालक शिवाकोटीले बताए ।
नयाँ अटोको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले सार्वजनिक गरे । अटो सार्वजनिकका क्रममा अध्यक्ष श्रेष्ठले अटो वजार दिनानुदिन बढ्दै गएको र सेवासंगै सुविधामा पनि व्यवसायीहरुले ध्यान दिनु पर्ने बताए ।
सञ्चालक शिवाकोटीका अनुसार नयाँ अटो २३६ सिसी , आकर्षकसंगै उत्कृष्ठ डिजाइन र ३० किलोमिटर प्रतिमाइलेज दिने क्षमता रहेको छ । सप्लायर्सले अटो खरिद गर्नेका लागि शूल्य फाइनान्सको व्यवस्था समेत गरेको छ । सोही सप्लायर्सले दमकमा पहिलोपटक तीन पांग्रे अटो भित्र्याएको हो । सप्लायर्सले पाँच वर्षको अवधिमा ७ सयबढी अटो विक्री गरिसकेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्