झापा, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओली यसै साता ३ पटक गृह जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन झापा आउने भएका छन् ।

उनी फागुन १६, १८ र २१ गते झापा आउने भएका हुन् । प्रधानमन्त्री सचिवालयका सदस्य होमबहादुर थापाका अनुसार १६ गते उनी दिनभर दमक र कमलमा हुने कार्यक्रममा सहभागी हुने छन् । फागुन १६ गते प्रधानमन्त्री ओलीले दमक र कमलमा बिभिन्न योजनाको शिलान्यास र उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले दमक र चुलाचुली जोड्ने रतुवा नदीमा मदन भण्डारी मार्गमा पर्ने पुलको शिलान्यास गर्ने कार्यक्रम छ । मदन भण्डारी मार्ग धरान पूर्व सेक्टर अन्तरगत पर्ने २५ वटा बढी पुलहरु एकैपटक प्रधानमन्त्रीले शिलान्यास गर्ने छन् ।
यस्तै दमक १ बाट चुलाचुली जोड्ने रतुवा नदीमा निर्मित पुल, दमक ४ बाट उर्लाबारीको आमबारी जोड्ने मावा पुल, दमक १० बाट बालुुवथान जोड्ने रतुवामा निर्मित पुलको उदटन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, प्रधानमन्त्री ओलीले गौरादह, दमक र कमलमा २ हजार २ सय विगाहमा बन्ने चाइना नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्ने छन् । कमल ७ मा हुने कार्यक्रमपछि प्रधानमन्त्रीले त्यहाँ आयोजना गरिने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थापाले बताए ।
यसैगरी, प्रधानमन्त्री ओलीले फागुन १८ गते व्यवसायी दुर्गा प्रसाईँले सञ्चालन गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने र २१ गते सुखानी शहीद स्मृति दिवसका अवसरमा बिर्तामोडमा हुने सभालाई ओलीले सम्बोधन गर्ने नेकपा झापाका कार्यालय सचिव शिव ढुंगेलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्