दमक, फागुन १४ । किरात याक्थुङ चुम्लुङ दमक ६ को नयाँ नेतृत्व चयन भएको छ ।

हिजो सम्पन्न तेश्रो वडा अधिबेशनले कविन्द्र शेर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
चुम्लुङका दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङको प्रमुख आतिथ्यमा भएको अधिबेशनबाट गठित ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा अमृता केरुङ सेनेहाङ ,सचिवमा विजय लिङदेन, सहसचिव यादवसिंह वेघा र कोषाध्यक्षमा पूर्णकुमारी जवेगु साउदेन चुनिएका छन् । यस्तै सदस्यहरुमा मनकुमारी योङहाङ साउदेन,युमा नयङ,सरिता काम्बाङ थेवे,जितेन्द्र योङहाङ रमा केरुङ शेर्मा रहेका छन् ।
अधिबेशन सम्पन्न गर्न चुम्लुङका आजीवन सदस्य देउकुमार नेम्बाङको संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्