झापा , फागुन १४ । प्रतिबन्धित ब्राउनसुगरसहित फेरि एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड ३ बस्ने २१ वर्षिय उदयकुमार साह रहेका छन् । हिजो दिउँसो ४.३० बजे मेची पुलबाट ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो । लुकाई छिपाई ल्याउँदै गरेको ५ ग्राम ब्राउनसुगर बरामद गरी थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि ईप्रका काँकडभिट्टा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्