झापा, फागुन १५ । झापाको शिवसताक्षीमा तेश्रो संस्करणको नगरस्तरीय मेयरकप खेलकुद प्रतियोगिता हुने भएको छ ।

८ विधाका १९ वटा खेल नगरका विभिन्न खेल मैदान तथा कवर्डहलमा हुने आयोजक शिवसताक्षी नगर खेलकुद विकास समितिले जनाएको छ ।
आयोजकका अनुसार फागुन १७ देखि २८ गते सम्म हुने प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, क्रिकेट, कराँते, कबड्डी र व्याडमिण्टनका खेल हुनेछन् । शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा तामाङ्गका अनुसार नगरस्तरीय फुटबलका बिजेता वडाले ७५ हजार नगद पु्स्कार पाउने छ भने उपविजेताले ४१ हजार नगदै पुरस्कार पाउने छ । योवाहेक मेडल, ट्रफी र प्रमाणपत्र पनि बिजेताले पाउने छन् ।

फुटबल विधाका सर्वोकृष्ट खेलाडीले १५ हजार र म्यान अफ दि म्याचका विजेताले १४ हजार पाउने छन् । प्रतियोगितामा सर्वाधिक गोल गर्ने वडाले ८ हजार पाउने आयोजक समितिका सन्तोष पौडेलले बताए । वेष्ट किपर, डिफेन्स, मिड फिल्डर, स्ट्राईकरले जनही ५ हजार पाउने छन् । फुटवल दुधेको क्षेत्रीय रंगशालामा १७ गतेदेखि २८ गतेसम्म हुने छ ।
यस्तै भलिबल खेलमा विजेता वडाले ५० हजार पुरस्कार पाउने छ भने उपविजेताले ३० हजार पाउने छ । पारावारीको खेल मैदानमा १८ गतेदेखि हुने भलिबल खेलका म्यान अफ दि म्याचको उपाधि पाउने खेलाडीले १४ हजार र वेष्ट प्लेयरले ७ हजार पाउने छन् ।

यता महिला तथा पुरुष दुवैको एथलेटिक्सि प्रतियोगिता २२ गतेदेखि हुने भएको छ । व्याङ्गडाँडामा हुने उक्त प्रतियोगिता ८ सयदेखि ३ हजार मिटर दुरीसम्मको हुने छ । आयोजकका अन्ुसार छेलो खेलमा महिला पुरुष दुवैले सहभागिता जनाउने छन् । लङजम्प महिला—पुरुष र हाईजम्पमा महिला मात्र सहभागी हुने छन् । एथलेटिक्स खेलका लागि आयोजकले ६३ हजार ५ सय पुरस्कार राशी छुट्याएको छ । मेयरकप अन्तर्गत क्रिकेट बिधाको खेल १९ गतेदेखि झिलझिले खेल मैदानमा हुने छ । आयोजक समितिका लक्ष्मण अधिकारीका जानकारी अनुसार बिजेता वडाले ५० हजार र उपविजेताले ३० हजार पाउने छ । क्रिकेटको म्यान अफ दि म्याच १४ हजार, म्यान अफ दि सिरिज ३ हजार र वेष्ट अफ दि खेलाडीले ५ हजार पाउने आयोजकले जानकारी दिएको छ ।
मेयर कपमा कराँते खेल पनि हुने छ । कराँते महिला र पुरुष दुबैको फरक–फरक हुने छ । माईधारको कवर्ड हलमा २२ गतेदेखि हुने उक्त प्रतियोगिताका बिजेताले २० हजार पाउने समितिका प्रेम फुँयलले बताए । आयोजकका अनुसार कबड्डी २६ गतेदेखि र बुद्धिचाल पनि २० गतेदेखि दुधेमा हुने छ । कबड्डीका बिजेताले १५ हजार र उपविजेताले १० हजार पाउने छन् । यस्तै बुद्धिचालका बिजेताले क्रमश १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।
यता व्याडमिन्टनतर्फको खेल माईधारमा हुने छ । सो विधाका डवल खेलाडी बिजेताले १० हजार र सिङगल बिजेताले ५ हजार पाउने छन् । यस्तै दोश्रो डवल बिजेताले ५ हजार र दोश्रो सिङगल बिजेताले ३ हजार पाउने छन् ।

शिवसताक्षी नगरपालिकाले मेयर कपलाई मिनी ओलम्पिकको उपमा दिएको छ । चालु आर्थिक वर्ष ०७७–०७८ मा १५ लाख रकम विनियोजन गरेको थियो । गत वर्ष कारोना भाईरसका कारण रोकिएको उक्त प्रतियोगिता फेरि संचालनको तयारी भएको शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले बताए । आयोजकले सबै विधाका खेलमा ५ लाख २९ हजार ५ सय पुरस्कार राशी छुट्याएको छ ।
आयोजकले प्रतियोगिताको सबै तयारी पुरा भएको जनाएको छ । पुनस्र्थापित संसदका झापा निर्वाचन क्षेत्र नम्बरका सांसद एलपी साँवा लिम्वुले मेयर कपको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्