फिदिम , फागुन १५ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च पान्थरको चौथो अधिवेशन सम्पन्न भएको छ ।

शुक्रबार बेलुका फिदिमस्थित जिल्ला समन्वय परिषदको सभाहलमा भएको बन्दसत्रबाट सर्वसम्मतबाट अध्यक्षमा चन्द्रराज आङ्देम्बे निर्वाचित भएका छन् ।
बन्दसत्रले जिल्ला अध्यक्ष सागर केरुङको सांगठानिक र अर्थ सचिव योगेश योङ्याको आर्थिक प्रतिवेदनका साथै सबै स्थानीय तहका अध्यक्षहरुबाट प्रतिवेदन पेस गरी पारित गरेपश्चात पुरानो समिति भंग गरी निर्वाचन समितिमार्फत ५१ सदस्यीय नयाँ समिति गठन भएको हो । मध्यरातको लामो छलफल र समन्वयपछि सर्वसम्मतबाट जिल्ला समिति बनेको हो ।

जिल्ला समितिको उपाध्यक्षहरुमा जितेन चेम्जोङ, योगेन्द्र राई, हर्कजङ लिङ्देन, निशा लोवा, भीमप्रसाद नेम्बाङ र भानुभक्त फियाक निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा डिल्ली लावती र सुवास केरुङ (नोनाम) निर्वाचित भएका छन् भने अर्थसचिवमा प्रकाश अधिकारी निर्वाचित भए । जिल्ला सविचालय सदस्यहरुमा योगेश योङया, अमिर लिम्बु, अमिर, जसकर्ण लिङ्देन, नरबहादुर हेम्ब्या, मनप्रसाद तुम्बापो, रामचन्द्र नेम्बाङ, राजेन्द्र सिगु, पुर्णिमा राई, रबिन्द्र नेम्बाङ, मिङ्सो आङ्देम्बे, कर्ण हाङ्सरुम्बा, अर्जुन चेम्जोङ, बिरेन लिम्बू यवा र नरेश लक्सम रहेका छन् ।

जिल्ला समिति सदस्यहरुमा रुबिन्द्रकुमार माखिम, कर्णबहादुर काम्बाङ, आधार घिमिरे, टीका राई (इसिता), महेन्द्र हाङ्सरुम्बा, भक्त नेम्बाङ, दीपाहाङमा राई, मचिन्द्र थङगम्बा, दिलसोर नेम्बाङ, सम्योकहाङ सिगु, गणेश नेम्बाङ, खगेन्द्र सम्बाहाम्फे, सन्तोष नेम्बाङ, लोकमान शेर्मा, बिकेन्द्र नेम्बाङ, भगिराज चेम्जोङ, मचिन्द्र नेम्बाङ, भीम माङमु, कुमार केरुङ्, सन्तोष हाङ्सरुम्बा, भीमप्रसाद नेम्बाङ, संगम यवा र समीक्षा तुम्बापो निर्वाचित भएका छन् ।नवनिर्वाचित अध्यक्ष आङ्देम्बेले संगठनलाई जिल्लाकै सबैभन्दा ठूलो र सशक्त संगठनको रुपमा स्थापित गर्दै अन्य राजनीतिक दलसँग समन्वय र सहकार्य गर्दै मञ्चलाई अघि बढाउने बताउँदै नवनिर्वाचित समितिलाई साथ र सहयोग दिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्