भद्रपुर , फागुन १६ । झापाको भद्रपुर नगरपालिका वडा नं २ ले आइतबारदेखि आफ्नै भवनबाट सेवा शुरु गरेको छ ।

सगरमाथा चोकबाट केही दक्षिण–पश्चिममा निर्माण गरिएको वडा कार्यालय भवनबाट आइतबारदेख सेवा दिन शुरु गरिएको वडाध्यक्ष भीमबहादुर सुब्बाले जानकारी दिए ।
स्थानीय दाताहरुले मिलेर डेढ विगाहभन्दा बढी जग्गा निःशुल्क उपलब्ध गराएपछि गत वर्ष भवन निर्माण शुरु भएको थियो ।

१ करोड ६० लाख २७ हजार १७२ रुपैयाँमा निर्माण भएको कार्यालय भवनको शनिबार एक समारोहका बीच भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । वडाध्यक्ष सुब्बाको अध्यक्षतामा आयोजित समारोहका बीच जग्गादाताहरुलाई सम्मान गरिएको थियो ।
नगरपालिकाका प्रशासकीय अधिकृत नेत्रप्रसाद पोखरेलले सञ्चालन गरेको समारोहमा जग्गादाता शिव्रसाद अधिकारी, तारा अधिकारी, मीनप्रसाद लिम्बूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी, सो वडाका पूर्व सचिव किरण कार्की र निर्माण व्यवसायी लक्ष्मी माता– पी एण्ड जी जेभीलाई पनि सम्मान गरिएको थियो ।

नगरपालिकाका इञ्जिनियर योगेन्द्र रञ्जितकारले योजनाका बारेमा जानकारी गराएका थिए ।
समारोहका प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले आफ्नै सुविधासम्पन्न भवनबाट वडा नं २ का नागरिकलाई सहज र छरितो किसिमले सेवा प्रवाह हुने विश्वास व्यक्त गरे । उनले नगरवासीको आर्थिक–सामाजिक जीवनमा आमूल परिवर्तन ल्याउने गरी नगरपालिकाले योजनाहरु अघि सार्दै त्यसलाई कार्यान्वयन गर्दै आएको बताए ।
वडा सदस्य ममता लिम्बूले स्वागत गरेको कार्यक्रममा उपप्रमुख चन्द्रमाया श्रेष्ठ, ३ नं वडाध्यक्ष कमला थुलुङ, नेकपा भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारी, झापा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष खड्क लिम्बू, नेकपा वडा नं २ का अध्यक्ष राजु दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्