बिर्तामोड , फागुन १७ । बिर्तामोड उद्योग बाणिज्य संघको जारी मतगणना अनुसार लोकतान्त्रिक प्यानलको सेटले नै अग्रता लिइरहेको छ ।

मतदान सम्पन्न भएपछि गएरातिदेखि मतगणना शुरु भएको थियो । जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार प्रकाश शिवाकोटीले ८०२ मत ल्याउँदा संयुक्त प्यानलका सुवास भट्टराईले ५३९ मत ल्याएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा लोकतान्त्रिकका राजु न्यौपानेले ७७८ मत ल्याउँदा संयुक्तका नारायण चिमरियाले ५४४ मत ल्याएका छन् । उद्योग उपाध्यक्षमा लोकतान्त्रिकका संजीव घिमिरेले ७०८ मत ल्याउँदा उनका प्रतिष्पर्धी प्रकाश घिमिरेले ६०३ मत ल्याएका छन् । त्यस्तै वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरेले ८४० मत ल्याउँदा उनका प्रतिष्पर्धी रामकृष्ण अधिकारीले ४४५ मत ल्याएका छन् । त्यस्तै उद्योग सचिवमा लोकतान्त्रिकका कुशल खतिवडाले ९३३ मत ल्याउँदा उनका प्रतिष्पर्धी धनबहादुर डाँगीले ३६१ मत ल्याएका छन् भने वाणिज्य सचिवमा लोकतान्त्रिकका राजकुमार शाहले ६२२ मत ल्याउँदा कृष्ण पौडेलले ६७५ मत ल्याउन सफल भएका छन् । त्यस्तै कोषाध्यक्ष पदमा लोकतान्त्रिकका दिपेन्द्र राउतले ७९६ मत ल्याउँदा उनका प्रतिष्पर्धी दुर्गाप्रसाद थपलियाले ५०८ मत ल्याएका छन् । त्यस्तै सहकोषाध्यक्षमा लोकतान्त्रिककी राधिका चुडालले ७१५ मत ल्याउँदा उनका प्रतिष्पर्धी रन्जु प्याकुरोलले ५५२ मत ल्याएकी छन् ।
त्यस्तै लोकतान्त्रिकक प्यानलमा सदस्यमा विशाल थापाले २६५ , सन्नी गोयलले २३७ , दीपक मित्तलले २२८ , बलराम सिटौला रामले २१० , मनोज शाह रौनियारले २३६ , पुकार वरालले २६९ , जीवनकुमार खड्काले २४७ , सन्नी गोयलले २३७ , तुलसा ढकालले २५२ ,अर्कोतर्फ सदस्य पदमा विसन लिम्बूले १६५, गुञ्जन प्रसाईले २१३ ं, गौरीशंकर गुप्ताले २३४, भगिरथ लुइँटेलले १३८, सूर्य खतिवडाले १७४ , गोविन्द कार्कीले २३४ तथा महिला सदस्यमा रुचि शिवाकोटीेले २२१ र सोनी अग्रवालले २४२ मत ल्याएका छन् ।गएराति १० बजेपछिबाट मतगणना शुरु भएको थियो । अहिले विहान ६ बजेपछि केही समयका लागि मतगणना स्थगन गरिएको छ । १३६७ मत गणना गरिसकेपछि स्थागन गरिएको हो । हिजो भएको मतदानमा ३८४९ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्