बिर्तामोड , फागुन १७ । बिर्तामोड उद्योग बाणिज्य संघको जारी मतगणना अनुसार लोकतान्त्रिक प्यानलले अग्रतालाई अझ फराकिलो बनाएको छ । तर , संयुक्त प्यानलका वाणिज्य सचिवले अग्रता जारी राखेका छन् भने महासचिवमा लोकतान्त्रिकका रविन्द्र भट्टराई र संयुक्तका अर्जुनकुमार मैनालीबीच कडा प्रतिष्पर्धा देखिएको छ ।


। केहीबेर अघिसम्म लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार प्रकाश शिवाकोटीले ११७२ मत ल्याउँदा संयुक्त प्यानलका सुवास भट्टराईले ८२७ मत ल्याएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा लोकतान्त्रिकका राजु न्यौपानेले ११३९ मत ल्याउँदा संयुक्तका नारायण चिमरियाले ८३१ मत ल्याएका छन् । उद्योग उपाध्यक्षमा लोकतान्त्रिकका संजीव घिमिरेले १०४३ मत ल्याउँदा उनका प्रतिष्पर्धी प्रकाश घिमिरेले ९०४ मत ल्याएका छन् । त्यस्तै वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरेले १२२८ मत ल्याउँदा उनका प्रतिष्पर्धी रामकृष्ण अधिकारीले ६८६ मत ल्याएका छन् । त्यस्तै महासचिवमा लोकतान्त्रिकका रविन्द्र भट्टराई फेरि अगाडि आएका छन् । भट्टराईको ९७७ र मैनालीको ९६१ मत रहेको छ । त्यस्तै उद्योग सचिवमा लोकतान्त्रिकका कुशल खतिवडाले १३८२ मत ल्याउँदा उनका प्रतिष्पर्धी धनबहादुर डाँगीले ५४२ मत ल्याएका छन् भने वाणिज्य सचिवमा लोकतान्त्रिकका राजकुमार शाहले ८९३ मत ल्याउँदा कृष्ण पौडेलले १०४१ मत ल्याउन सफल भएका छन् । त्यस्तै कोषाध्यक्ष पदमा लोकतान्त्रिकका दिपेन्द्र राउतले ११७० मत ल्याउँदा उनका प्रतिष्पर्धी दुर्गाप्रसाद थपलियाले ७६७ मत ल्याएका छन् । त्यस्तै सहकोषाध्यक्षमा लोकतान्त्रिककी राधिका चुडालले १०५२ मत ल्याउँदा उनका प्रतिष्पर्धी रन्जु प्याकुरेलले ८६३ मत ल्याएकी छन् । यो २०४२ मतपत्र गनिँदासम्मको परिणाम हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्