बिर्तामोड, फागुन १८। पूर्ण सरसफाइ अभियानलाई तीव्रता दिनका लागि बिर्तामोड नगरपालिकाका वडाहरुमा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन तथा पुनर्गठनलाई तीव्रता दिइएको छ ।

यस क्रममा सोमबार वडा नं. १ मा समिति गठन गरिएको छ । वडाअध्यक्ष अग्नीप्रसाद पाण्डेको अध्यक्ष र वडा सचिव टीका अधिकारी सदस्यसचिव रहेको सो समितिमा वडा सदस्यहरु प्रेमप्रसाद खरेल, टीकाप्रसाद संग्रौला, यामुना आचार्य र कमला महरा सदस्य छन् ।
यसैगरी सदस्यहरुमा सहकारी क्षेत्रबाट डम्बरबहादुर बस्नेत, सहरी स्वास्थ्य केन्द्रबाट विजय साह, सुरक्षा निकायबाट ढलकबहादुर पाण्डे (किरण), महिला सञ्जालबाट तिलरुपा श्रेष्ठ, बाल सञ्जालबाट कृतिका पोखरेल, महिला स्वास्थ्य स्वयंसेविका निर्मला भेटवाल, टोल विकास संस्थाबाट ओमनाथ उप्रेती, अदुवा खोला हनुमन्ते खोला सफाइ अभियान संयोजक भरत बस्नेत, बजार व्यवस्थापन समितिबाट सुरेन्द्र नेपाल, मेलमिलाप क्षेत्रबाट टीका भट्टराई, सञ्चार गृहबाट पूर्वाञ्चल दैनिक, खानेपानी तथा सरसफाइ उपभोक्ताबाट शारदा रिजाल, सरसफाइ अभियान क्षेत्रबाट लोकनाथ आचार्य, टोल विकास संस्थाहरुबाट सुनिल शिवाकोटी, दीपा भण्डारी, विनय बुढाथोकी, ममता धिमाल, ठाकुर मिश्र, अम्बिका अधिकारी, ध्रुव सापकोटा, अम्विका धमला पोखरेल, कृष्ण खनाल, शिला उप्रेती र शालिन गुरुङ रहेका छन् ।
भेलाले समितिका अध्यक्ष अग्निप्रसाद पाण्डे, सदस्यसचिव टीका अधिकारी र सदस्यहरुमा डम्बरबहादुर बस्नेत, भरत बस्नेत, तिलरुपा श्रेष्ठ, ओमनाथ उप्रेती, विजय बुढाथोकी, कृतिका उप्रेती, ध्रुव सापकोटा, अम्विका धमला पोखरेल र दीपा भण्डारी सदस्य रहेको कार्यदल समेत गठन गरेको छ ।
भेलाले अदुवा खोला हनुमन्ते खोला सफाइ अभियानलाई विस्तार गर्ने र थप प्रभावकारी बनाउने समेत निर्णय गरेको छ ।
पूर्ण सरसफाइ मार्गदर्शन २०७३ ले तोकेको मापदण्ड र बिर्तामोड नगरपालिकाले निर्धारण गरेका सूचकको आधारमा पूर्ण सरसफाइ अभियानलाई प्रभावकारी रुपमा अघि बढाउने समेत निर्णय गरिएको छ ।बिर्तामोड नगरपालिकाले विराट सामुदायिक अध्ययन केन्द्रसँगको सहकार्यमा पूर्ण सरसफाइ अभियानलाई निरन्तरता दिइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्