युएई, फागुन १८ । युएईमा साधनारत साहित्यकर्मीहरुको साहित्यिक संस्था सगरमाथा साहित्य प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ ।

अधिवेशनपछि गत फेब्रुअरी २२ मा बसेको कार्यसमितिको पहिलो अनलाइन बैठकले कार्यसमितिलाई पूर्णता दिंदै विभिन्न उपसमितिका संयोजकहरु पनि तोकेको हो । सगरमाथा साहित्य प्रतिष्ठानको गत १५ फेब्रुअरीमा भएको अधिवेशनले जीवित खड्का मगरलाई केन्द्रीय अध्यक्षमा चयन गरिसकेको छ । नवनिर्वाचित अध्यक्ष खडकाको सभापतित्वमा बसेको बैठकले केन्द्रीय उपाध्यक्षमा सरु शितल राई, महासचिवमा डिजि शर्मा, सचिवमा डिएल घिमिरे, सहसचिवमा सुजन सुजन सिरेन चाङ्वाङ्, कोषाध्यक्षमा चन्द्र सम्बाहाम्फे तथा सदस्यहरुमा कृष्ण घिमिरे, सुमित्रा सुमी, राज यात्री लम्साल, युवराज खतिवडा, नवराज ढकाल, रोहित कुँवर, जीरन थुलुङ, अमृता बान्तवा, शम्भु अर्याल ( पदेन सदस्य, गन्डकी शाखा अध्यक्ष ) र मोहन तरामु मगरलाई ( पदेन सदस्य ) नियुक्त गरेको छ ।
यस्तै निवर्तमान अध्यक्ष कृष्ण विश्वकर्मालाई केन्द्रीय कार्यसमितिको विशिष्ट सदस्यको रुपमा मनोनित गरिएको छ । बैठले विभिन्न उपसमिति र तिनका संयोजकहरु पनि चयन गरेको छ । कला–साहित्य प्रमुखमा दीपराज नेयोङ्हाङ, भाषा तथा साहित्य विभाग प्रमुखमा खगेन्द्र समरस, सूचना–सञ्चार विभाग प्रमुखमा अजित क्षेत्री, अर्थ विभाग प्रमुखमा शिशिर दूरबस्तीको र प्रवक्तामा राजेशराज गड्तौलालाई चयन गरेको छ ।
संस्थाको अनुशासन कमिटिको संयोजकमा निवर्तमान अध्यक्ष कृष्ण विश्वकर्मालाई चयन गरेको छ ।यस्तै अमेरिका निवासी राखी गौचनलाई संस्थाको अन्तर्राष्ट्रिय शाखा विस्तारका लागि संयोजक नियुक्त गरिएको संस्थाका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्