दमक, फागुन १९ । नेपाल महिला संघले झापाको कमल ५ स्थित मंगलमय माध्यमिक विद्यालयका सुस्तश्रवण भएका बालबालिकाका लागि दुई थान एलइडी टिभी प्रदान गरेको छ ।

१११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर संघको झापा क्षेत्र नं ५ को क्षेत्रीय समितिले बुधबार विद्यालयमा एक कार्यक्रम गरी विशेष कक्षामा अध्ययनका लागि सहयोगी सामग्रीका रुपमा सो टिभी प्रदान गरिएको संघकी क्षेत्रीय सभापति रेगिना भट्टराई प्रसाईले बताइन् ।
नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाको प्रमुख आतिथ्यमा भएको सहयोग हस्तान्तरण कार्यक्रमका वक्ताहरुले महिला अधिकार स्थापनाको इतिहास संघर्षपूर्ण रहेको र अझै पनि महिलाका हक अधिकारसम्बन्धी कानुनहरुको कार्यान्वयन नहुनु दुखद भएको औल्याएका थिए । सबै खाले अधिकार प्राप्तिको लडाईमा महिलाहरुको भूमिका अहम् रहेको चर्चा गरिएको थियो ।
सो अवसरमा कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्मा, नेतृ रामकुमारी पौडेल, नेविसंघकी केन्द्रिय उपसभापति तुलसा पन्त, मंगलमय माविका प्रधानाध्यापक मोहन थापालगायतले बोलेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्