कुमरखोद, फागुन १९ । झापा गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको लागि फोटो खिच्ने कार्य शुरु भएको छ ।

पालिकाको सवै वडाहरुमा राष्ट्रिय परिचयपत्रको फोटो खिच्न कर्मचारीको टोली आईसकेकोले एकैसाथ सवै वडाहरुमा फोटो खिच्ने काम भईरहेको झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताए । झापा गाउँपालिकाको सवै वडाहरुमा अहिले राष्ट्रिय परिचयपत्रको फोटो खिच्नेहरुको घुईचो छ । वडा कार्यालयहरुले राम्ररी व्यवस्थापन गर्न नसकी सेवाग्राहीलाई राम्ररी बुझाउन नसक्दा कुनै वडामा सेवाग्राहीले कर्मचारीसँग चर्काचर्की गरेको समेत हेर्न पाईन्छ । राष्ट्रिय परिचयपत्रको फोटो खिचाउनको लागि अनिवार्य नेपाली नागरिकताको सक्कलै प्रमाणपत्र लिई स्वयम् व्यक्ति उपस्थित हुनुपर्ने छ । आवश्यकता परेको खण्डमा विवाह दर्ता , वसाईसराई , मतदाता परिचयपत्र , मृत्यु दर्ता , जन्म दर्तालगायतका कागजातहरु उपलब्ध गराउनु पर्ने एक कर्मचारीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्