भद्रपुर , फागुन २० । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका वडा नं. ६बस्ने २६ वर्षिय बिशाल मण्डल रहेका छन् । हिजो दिउँसो २ः४५ बजे भद्रपुर नगरपालिका वडा नं. ६ मा जिल्ला प्रहरी कार्यालय झापा, वडा प्रहरी कार्यालय भद्रपुर र लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा भारतीय नम्बर प्लेट WB74A Q3864 नं.को स्कुटीमा सवार मण्डललाई रोकी चेकजाँच गर्ने क्रममा उनको साथबाट १७ ग्राम ब्राउनसुगर बरामद भएको थियो । उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रवक्ता राकेश थापाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्