बिर्तामोड , फागुन २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समुहले ४८ औं सुखानी शहिद दिवसको अवसरमा भोलि बिर्तामोडमा प्रधानमन्त्री केपी ओलीलाई बोलाएर गर्ने भनिएको जनसभा रद्ध भएको छ ।

हिजो जनसभाको तयारीवारे बताउँदै आयोजक

प्रधानमन्त्री ओली , गृहमन्त्री रामबहादुर थापा कोही पनि कार्यक्रममा नआउने भएपछि आयोजकले जनसभा नै रद्ध गर्नु परेको हो । प्रधानमन्त्री ओलीले कार्यव्यस्तताका कारण आउन नसक्ने बताएपछि सभा नै रद्ध गरिएको नेकपा झापाका कार्यालय सचिव शिव ढुंगेलले बताए । नेकपा झापाले हिजो साँझ बिर्तामोडस्थित हिकोला हेरिटेजमा पत्रकार सम्मेलन गरी जनसभामा ओली आउने र सभाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको थियो । गएराति ९.३० बजे मात्र प्रधानमन्त्री ओली नआउने खबर आएको कार्यालय सचिव ढुंगेलले बताए । बिर्तामोडको सुगम पम्प नजिकैको मैदानमा जनसभा गर्ने तयारी गरिएको थियो । कार्यक्रम नहुने भएपछि आज विहानदेखि मंच भत्काउन थालिएको छ । प्रचारप्रसार समितिका संयोजक सोमनाथ पोर्तेलले १ लाख नेता कार्यकर्ता सहभागी हुने दावी गरेका थिए । उनले जनसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री थापा र संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्ले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिएका थिए । बिर्तामोडको जनसभा रद्ध भएपनि सुखानी शहादतस्थलमा माल्यार्पण र सालबारीमा श्रद्धाञ्जली सभा आयोजना गरिएको ढुंगेलले बताए । विप्लव माओवादीसँगको वार्ताका कारण ओली नआउने बताइएपनि प्रधानमन्त्री पद नै नरहे अबस्थाका कारण उनी नआउने भएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्