दमक, फागुन २२ । किरात याक्थुङ चुम्लुङ दमक ८ वडा समितिको नयाँ नेतृत्व चयन भएको छ ।

चुम्लुङको सम्पन्न पहिलो वडा अधिवेशनले चन्द्रवहादुर कन्दङवाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत गठित समितिको उपाध्यक्षमा टिका तुम्बापो,सचिवमा राजेन्द्र लिम्बू,सहसचिवमा जितन हाङस्रोङ र कोषाध्यक्षमा तारा कन्दङवा चुनिएका छन् ।
यस्तै,सदस्यहरुमा खनिमाया लिम्बू,नन्द पन्दाक,दिलु तुम्रोक,सुनिता कन्दङवा,रुद्र लिम्बू र कमल फोम्बो चुनिएका छन् ।
सोहि अधिवेशनको वन्दसत्रले ऐमानसिंह लाओती,लोकप्रसाद कन्दङवा,सुरेश लाओती,कुलबहादुर लिङदेन,तिलवहादुर शेर्मा,मनकुमारी पन्दाक र कुमारी लिम्बू सल्लाहकार रहेको एक समिति समेत गठन गरेको नवनिर्वाचित अध्यक्ष कन्दङवाले जानकारी दिए । चुम्लुङ नगर अध्यक्ष देवेन्द्र चेम्जोङको प्रमुख आतिथ्यतामा भएको वडा अधिबेशनको उद्घाटनमा चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लाओतीलगायतले वोलेका थिए । अधिवेशन उद्घाटन सत्रमा चुम्लुङ वडा अध्यक्ष मनकुमारी पन्दाकले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष मीनाकुमारी पाहिम लिम्बूले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । दुवै प्रतिवेदन वन्दसत्रले पारित गरेको छ ।
चुम्लुङ दमक नगरको बैशाख ३ मा अधिवेशन
किरात याक्थुङ चुम्लुङ दमकको आगामी बैशाख ३ गते १० औं नगर अधिवेशन हुने भएको छ । चुम्लुङ दमक नगर समितिको विहीबार सम्पन्न बैठकले अधिवेशनको मिति तय गरिएको नगर अध्यक्ष देवेन्द्र चेम्जोङले जानकारी दिए । स्थानीय किरात भवनमा हुने अधिवेशन सम्पन्न गर्न वडाहरुको धमाधम अधिवेशन भईरहेको समेत उनले वताएका छन् । अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने जनाईएको छ ।
यसैगरी, चुम्लुङले विगत वर्षझै यस वर्ष पनि नयाँ बर्षमा भित्रे पात्रो निकाल्ने तयारी गरेको छ । भित्तेपात्रो निकाल्न दमक ५ चुम्लुङ वडाका पूर्व अध्यक्ष सुकबहादुर सोदेम्बाको संयोजकत्वमा भित्तेपात्रो प्रकाशन समिति गठन गरी काम थालिएको जनाईएको छ । चुम्लुङ गतिविधिलाई समेटेर निकाल्न लागिएको भित्तेपात्रो अधिवेशनको दिन सार्वजनिक गरिने प्रकाशन समितिका संयोजक सोदेम्बाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्