झापा , फागुन २२ । सवारी ज्यान र बहुविवाह मुद्धाका तीनजना फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा साविक शिवगञ्ज १ र हाल गौरीगञ्ज ३ बस्ने दिपक राय मण्डल , अर्जुनधारा ४ बस्ने नरेन्द्रनारायण चौधरी र सिन्धुली कमलामाई २ का हेमकुमार कामी रहेका छन् ।

झापा जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार कैद तथा जरिवाना फैसला भई हालसम्म फरार रहेका ती प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुलाई कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्